मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १५ शुक्रबार ०८:०३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ज्येष्ठ नागरिकले टेलिकमको सिम निःशुल्क पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १५ शुक्रबार ०८:०३:००

 नेपाल टेलिकमले मुलुकभरका ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप निःशुल्क सिम प्रदान गर्ने भएको छ । संयुक्त राष्ट्रसंघको आयोजनामा विश्वव्यापी रूपमा अक्टोबर १ मा मनाइने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर टेलिकमले ज्येष्ठ नागरिकलाई निःशुल्क सिम प्रदान गर्ने भएको हो । 

कम्पनीले असोज १५ देखि २५ गतेसम्म ६० वर्षमाथिका नागरिकलाई निःशुल्क सिम प्रदान गर्ने जनाएको छ । यस सिममा १० रुपैयाँ ब्यालेन्स हुनुका साथै ४० मिनेट कुराकानी गर्ने, २० वटा सन्देश पठाउने र ६० एमबी डाटा प्रयोग गर्न सकिने सुविधा एक महिनासम्म उपलब्ध हुने जनाइएको छ ।

नेपाल टेलिकमका देशभर रहेका कार्यालयका काउन्टरहरूबाट ज्येष्ठ नागरिकहरूले यो सुविधाको उपयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।  नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ज्येष्ठ नागरिकलाई उपलब्ध गराउने निःशुल्क सिमको सुविधाले उनीहरूलाई सूचना प्रविधिको पहँुचमा ल्याउन सहयोग पुग्ने अपेक्षा गरेको छ ।