मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १५ शुक्रबार ०७:१४:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एपिएफ सेमिफाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १५ शुक्रबार ०७:१४:००

विभागीय टोली एपिएफ क्लब छैटौँ एनभिए पुरुष क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को कर्भड हलमा बिहीबार सम्पन्न  क्वार्टरफाइनलमा एपिएफले गण्डकी प्रदेशलाई ३–१ को सेटमा हराउँदै अन्तिम चारमा पुगेको हो ।

एपिएफले गण्डकीमाथि २५–१९, २४–२६, २७–२५ र २५–२० को सेटमा जित हात पारेको हो । एपिएफको जितसँगै पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा भएको छ । यसअघि  सेमिफाइनलमा साविक विजेता हेल्प नेपाल, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब पुगेका थिए । 

साविक विजेता हेल्प नेपाल नयाँबजार सामाजिक युथ क्लबलाई २५–२०, २५–१०, २५–१७ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको स्थान पक्का गरेको थियो । अब हेल्प नेपालले फाइनल प्रवेशको खेलमा पुलिसको सामना गर्नेछ । पुलिसले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–१९, २५–१८, २५–१९ को सेटमा पराजित गर्दै अन्तिम चार स्थान सुरक्षित बनाएको हो । 

यसैगरी, महिलातर्फ समूूह एबाट विभागीय टोली एपिएफ क्लब विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको छ । एपिएफले सेमिफाइलनमा अर्को विभागीय टोली सेनाको सामना गर्नेछ । बिहीबारै सम्पन्न अन्तिम लिगमा एपिएफले चिरप्रतिद्वन्द्वी पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै समूह विजेताका रूपमा अन्तिम चारको स्थान पक्का गरेको हो । एपिएफले पहिलो सेट २५–१४ ले जित्यो । 

आर्मीले दोस्रो सेट पुलिसलाई २१–२५ ले सुम्पन पुग्यो । आर्मीले तेस्रो र चौथो सेट २५–१७ र २५–१९ ले जित्दै पुलिसमाथि जित हात पार्‍यो । हारका बाबजुद पुलिस समूह उपविजेता हुँदै सेमिफाइनल प्रवेश गर्‍यो । अर्को खेलमा न्यू डायमन्डले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २७–२५, २५–२२, २५–२३ को सोझो सेटमा पराजित गर्दै समूह विजेता हुँदै सेमिफाइनलमा पुलिससँगको भेट पक्का गरेको हो ।