मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
एजेन्सी काबुल
Invalid date format ११:२४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अफगानिस्तानका पूर्वउपराष्ट्रपति सालेहद्वारा निर्वासित सरकार घोषणा

Read Time : < 1 मिनेट
एजेन्सी काबुल
नयाँ पत्रिका काबुल
Invalid date format ११:२४:oo

अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि यहाँका पूर्वउपराष्ट्रपति अमरुल्ला सालेहले निर्वासित सरकार गठन गरेका छन्। स्विट्जरल्यान्डबाट सालेहले स्वयंलाई निर्वासित सरकारको कार्यवाहक राष्ट्रपति घोषणा गरेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

‘मैले निर्वासित सरकार गठन गरेको छु। यो सरकार नै कानुनी रूपमा अन्तर्राष्ट्रिय समुदायलाई मान्य हुने सरकार हुनेछ,’ अफगानिस्तानको खामा समाचार एजेन्सीसँग कुरा गर्दै उनले भने।

अन्तरिम सरकार गठनका विषयमा त्यहीँबाट सालेहले कूटनीतिक सम्बन्ध स्थापित अधिकांश देशलाई इमेलमार्फत सूचित गरिसकेको दैनिक भास्करले जनाएको छ।  ‘तालिवानले अफगानिस्तानमा गठन गरेको सरकार अन्तर्राष्ट्रिय कानुनका आधारमा वैध छैन र अफगानी नागरिकको प्रतिनिधित्व पनि छैन,’ जारी इमेलमा उल्लेख गरिएको छ।

राजधानी काबुल तालिवानले नियन्त्रणमा लिएपछि सालेह पन्जशिर पुगेका थिए। उनी ताजकिस्तान हुँदै स्विट्जरल्यान्ड पुगेका अनुमान गरिएको छ। तालिवानले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन।