मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २५ सोमबार
  • Monday, 11 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १३ बुधबार २०:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १३ बुधबार २०:३२:००

संसदमा जारी अवरोध हटाउने प्रयासस्वरूप प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बिहीबार बिहान १० बजेका लागि बोलाइएको बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, राष्ट्रिय जनमोर्चा, नेमकिपा र राप्रपाका शीर्ष नेतालाई आमन्त्रण गरिएको बालुवाटारले जनाएको छ । 

एमालेले संसद्को चालु अधिवेशनमा अवरोध गर्दै आएको छ । एमालेले सभामुखको भूमिकाको विषयमा प्रश्न उठाएको छ । यसअघि सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिष्कार गरेको थियो ।