१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:३६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मध्यभोटेकोसी जलविद्युतले आइपिओ निष्कासन गर्ने          

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:३६:oo

मध्यभोटेकोसी जलविद्युत् कम्पनीले आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले असोज २० गतेदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको हो। ९० करोड रुपैयाँबराबरको आइपिओ निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ। कम्पनीले प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यका ९० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने बताइएको छ। निष्कासन गरिने कुल सेयरमध्ये सर्वसाधारणले ८१ लाख ९० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। चार लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। अन्य ४ प्रतिशत  कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको कम्पनीले जनाएको छ। 

उक्त कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडसँग रहेको छ। त्यस्तै, सहनिष्कासन तथा बिक्री प्रबन्धकहरूमा  प्रभु क्यापिटल, एनआइबिएल एस क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सिबिआइएल क्यापिटल मार्केट र सानिमा क्यापिटल  रहेका छन्।