१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय पुस्तकालय जोगाइदिन भन्दै राष्ट्रपतिलाई ज्ञापनपत्र  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:५o:oo

राष्ट्रिय पुस्तकालय जोगाइदिन आग्रह गर्दै राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाइएको छ। संरक्षण अभियन्ताहरूले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन्। मंगलबार अभियन्ताहरूले राष्ट्रिय पुस्तकालयको दयनीय अवस्थाबारे राष्ट्रपतिलाई भेटेर जानकारी गराएका थिए। 

राष्ट्रपति भण्डारीले राष्ट्रिय पुस्तकालय र पुरानो बसपार्कमा निर्माणाधीन भवनबारे उपस्थित अभियन्ताहरूबाट चासो राखेको भेटमा सहभागी अभियन्ताहरूले जानकारी दिएका छन्। अभियन्ता आलोकसिद्धि तुलाधरका अनुसार राष्ट्रपतिले पुस्तकालयको दयनीय अवस्थामा र पुरानो बसपार्कमा भइरहेको निर्माणको विषयमा आफूले समेत पटकपटक सुझाब दिए पनि अवस्थामा कुनै सुधार नआएको भन्दै चिन्ता व्यक्त गरेकी थिइन्। 

राष्ट्रपति भण्डारीले पुस्तकालयको संरक्षणका लागि आफू चिन्तित रहेको र राष्ट्राध्यक्षको हैसियतले कानुनको अधीनमा रही आफूले यस विषयमा पहल गर्ने जानकारी गराएको अभियन्ता सञ्जय अधिकारीले जानकारी दिए। भेटमा राष्ट्रपति भण्डारीले काठमाडौंको प्राकृतिक र सांस्कृतिक वातावरण बिग्रिँदै गएकोमा चिन्ता व्यक्त गरेकी थिइन्। उनले काठमाडौंको प्राकृतिक तथा सांस्कृतिक सम्पदा जोगाउन आफूले जनप्रतिनिधि हुँदादेखि नै पहल गरिरहेकोसमेत जानकारी गराएकी थिइन्।