Skip This
‘आगामी वैशाखसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप’
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ असोज १३ बुधबार
  • Tuesday, 11 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज १३ बुधबार १३:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘आगामी वैशाखसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज १३ बुधबार १३:२४:oo

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी वैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने बताएका छन्। राज्यमन्त्री श्रेष्ठले सरकारले दसैँअघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने गरी काम गरिरहेको जानकारीसमेत दिए। विश्व मुटु दिवसको अवसर पारेर बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले हाल दैनिक तीन लाख जनतालाई सो खोप लगाउने काम  गरिरहेको बताए। वर्तमान सरकारले आफ्नो करिब तीनमहिने कार्यकालमा एक करोड थप खोप लगाउने काम गरेको उनले जनकारी दिए। राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि पनि एक करोड खोप सुनिश्चित गरिएको बताए। 

‘करिब तीन महिनाको अवधिमा एक करोड थप खोप लगाइसकिएको जानकारी गराउन चाहन्छु। किनभने हामीले एक करोड ७७ लाख खोप ल्याइसकेका छौँ । यो दसैँसम्म ३३ प्रतिशत जनतालाई खोप लगाइसक्ने जानकारी पनि गराउन चाहन्छु। हाल आएर एक दिनमा तीन लाख जनतालाई खोप लगाएका छौँ। फ्रन्टलाइनरहरूलाई खोपमा उच्च प्राथमिकता दिइएको छ। १४ वटा हिमाली जिल्लाहरूमा १८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने अभियानलाई सुरु गरिएको छ। बालबालिकाहरूका लागि पनि एक करोड खोपको सुनिश्चित गरिएको छ,’ उनले भने।

राज्यमन्त्री श्रेष्ठले मुटु रोग, क्यान्सरजस्ता दीर्घ रोगहरूको उपचार निःशुल्क रूपमा गर्ने गरी सरकारी अस्पतालहरूको सुधार गर्न सरकार लागिपरेको बताए। कार्यक्रममा बोल्दै वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाले मुटु रोगबाट बच्नका लागि धुम्रपान तथा प्रदूषणबाट बच्ने र नियमित शारीरिक व्यायाम गर्न सबै नागरिकलाई आह्वान गरे। उनले नेपालमा मुटु रोगको भयावह अवस्था देखिएको उल्लेख गर्दै त्यसको उपचारका लागि सहज हुने व्यवस्था गर्न सरकारलाई पनि सुझाब दिए। 


ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले मुटुरोग लाग्न नदिने गरी व्यायाम गर्न आफूले ललितपुर महानगरपालिकाभित्र साढे ३२ किलोमिटर साइकल ट्रयाक बनाएको जानकारी दिए।