१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वामदेव गौतमविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:४८:oo

राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई मन्त्री बनाउन नमिल्ने भन्दै परेको मुद्दामा आज अन्तिम सुनुवाइ तोकिएको छ। ०७७ भदौ १२ मा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दर्ता गरेको मुद्दामा आज सर्वोच्च अदालतले अन्तिम सुनुवाइ तोकेको हो।

तत्कालीन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा गरिएको मनोनयनविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमको मनोनयन संवैधानिक व्यवस्थाप्रतिकूल भएको दाबीसहित रिट हालेका थिए। 

तत्कालीन समयमा राष्ट्रिय सभामा मनोनीत गौतमलाई मन्त्री बनाउने तयारी गरिएपछि प्रतिनिधिसभाको निर्वाचनमा पराजित व्यक्तिलाई सभाको त्यही कार्यकालभित्र संघीय संसदमा लैजान र मन्त्री बनाउन नमिल्ने भन्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले सर्वोच्चमा रिट दर्ता गराएका थिए।