Skip This
ब्लड क्यान्सरपीडित सात वर्षीया बालिकाको उपचारमा सहयोगको याचना
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १२ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज १२ मंगलबार १७:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ब्लड क्यान्सरपीडित सात वर्षीया बालिकाको उपचारमा सहयोगको याचना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज १२ मंगलबार १७:५५:oo

ब्लड क्यान्सरबाट पीडित बालिकाको उपचारका लागि सहयोगको याचना गरिएको छ । बारा जिल्ला कोल्हबी नगरपालिका–५ रामवनका रत्नबहादुर तामाङले सात वर्षीया छोरी रोशनी तामाङको उपचारका लागि सहयोगको याचना गरेका हुन् ।

ब्लड क्यान्सरबाट पीडित रोशनीको हाल कान्ति बाल अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । बाबु रत्नबहादुरले आर्थिक स्थिति नाजुक भएकाले छोरीको उपचारका लागि सहयोग गरिदिन आग्रह गरेका छन् ।

‘यता छोरी अस्पतालको शय्यामा छटपटाइरहेकी छिन् । उता घरको नाजुक अवस्थाले छोरीलाई बचाउन सकिँदैन कि भन्ने चिन्ताले सताँउछ, ’नयाँ पत्रिकाको सम्पर्कमा आएका उनले भने, ‘सहयोग पाए छोरीले पुनर्जीवन पाउँछिन् कि भन्ने आशा छ।’

सहयोग गर्न चाहनेले सिटिजन बैंक कोल्हबी शाखामा रहेको बालिकाकी आमा रस्मिता तामाङको खाता नं ०३९०१०००००२८०२७ मार्फत सहयोग गर्न सक्नेछन् । त्यस्तै, बाबु रत्नबहादुरको सम्पर्क नं ९८१८३४६७२७, अभियन्ता श्रीराम शाह ९८५५०२६१३३ (कोल्हबी) र निरञ्जन मैनाली ९८४५६४६५६३ (काठमाडौं)लाई सम्पर्क गरेर पनि सहयोग उपलब्ध गराउन सकिनेछ।