Skip This
जहाजमा प्राविधिक समस्या नरहेको पुष्टि भएपछि बुद्ध एयरको जहाज सञ्चालनमा
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज १२ मंगलबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज १२ मंगलबार १२:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जहाजमा प्राविधिक समस्या नरहेको पुष्टि भएपछि बुद्ध एयरको जहाज सञ्चालनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज १२ मंगलबार १२:५o:oo

प्राविधिक समस्या देखिएर अवतरण गर्न कठिन भएको बुद्ध एयरको जहाज इन्जिनियर र नागरिक उड्डयन प्राधिकरणले जाँच गरेको छ। जाँच गर्दा कुनै समस्या नरहेको इन्जिनियरले पुष्टि गरेका छन् । जहाजमा कुनै समस्या नदेखिएपछि उक्त जहाज आज बिहानदेखि सञ्चालन गरिएको छ।

काठमाडौंबाट विराटनगरेका लागि उडेको जहाज सोमबार विराटनगर विमानस्थलमा अवतरण गर्ने क्रममा जहाजको दायाँतर्फको चक्का खुलेको थिएन। उक्त जानकारी जहाजको थ्री ग्रिन सिग्लन इन्डिकेटरले गराएको थियो। जहाजको एउटा चक्का नै डाउन नभएपछि पाइलटले जहाजलाई बुद्धिमतापूर्वक काठमाडौंतर्फ मोडेका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि जहाजले काठमाडौंमा धेरैपटक फन्को मारेको थियो। सो अवधिमा एटिसी टावर र जहाजका इन्जिनियरहरूले चक्का डाउन नभएको पुष्टि गर्दै पाइलटलाई थप आइडिया दिएपछि जहाजको चक्का डाउन भएको थियो।

बिहान १० बजेर १६ मिनेटमा अवतरण भएको जहाजको प्राविधिक समस्याबारे सोमबार दिनभर इन्जिनियर र प्राधिकरणका कर्मचारीहरूले जाँच गरेका थिए। चेकजाँचका क्रममा कुनै समस्या नदेखिएपछि जहाज आज बिहानदेखि पुनः सञ्चालनमा आएको बुद्ध एयरले जनाएको छ।