१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १८:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चूडामणि शर्मालाई ५० लाख धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १८:२१:oo

राजस्व चुहावटको आरोप लागेका चूडामणि शर्मालाई विशेष अदाललते ५० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । तत्कालीन कर फर्छ्यौट आयोगका सदस्यसचिव रहेका शर्मालाई थुनछेक बहसपछि अदालतले धरौटीमा रिहा गर्ने आदेश गरेको हो । न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले यस्तो आदेश गरेको हो ।  

उनीविरुद्ध सदस्य सचिव रहेको समयमा विभिन्न व्यापारिक कम्पनीबाट असुल्नुपर्नेमा राजस्व मिनाह गरेर राज्यकोषमा हानी पुर्‍याएको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असारमा शर्माले एक अर्ब ३३ लाख बीस हजार तीन सय पचासी रुपैयाँ कर छुट दिएर राज्यलाई हानी पुर्‍याएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।  अख्तियारले उनीसहित  तत्कालीन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकालविरुद्ध मुद्दा चलाएको थियो । उनी आजै अदालतमा उपस्थित भएका थिए ।

 

 


 

ad
ad