१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:o२:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

१,२८२ संक्रमित थपिँदा १,२६२ संक्रमित निको भए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:o२:oo

पछिल्लो २४ घण्टामा नेपालमा संक्रमित हुने र संक्रमणमुक्त हुनेको संख्या लगभगबराबर रहेको छ । देशभर एक हजार २८२ कोरोना संक्रमित थपिँदा एक हजार २६२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

कुल १५ हजार ४८८ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस अवधिमा १२ हजार ८१ नमुनाको पिसिआर परीक्षण गरिएकोमा ९७५ जनामा तथा तीन हजार ४०७ एन्टिजेन परीक्षण गरिएकोमा ३०७ जनामा संक्रमण पुष्टि भएको हो।

सोमबार नेपालमा तीन लाख १२ हजार ८७४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यसदिन सातजनाको कोभिड–१९ का कारण ज्यान गएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ८४८ रहेको छ ।