मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ११ सोमबार १३:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ककपिटमा धुवाँ देखिएपछि पोखराका लागि उडेको बुद्ध एयरको जहाज काठमाडौं फिर्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ११ सोमबार १३:०६:००

ककपिटमा धुवाँ देखिएपछि पोखराका लागि काठमाडौंबाट उडेको बुद्ध एयरको जहाज काठमाडौं फिर्ता भएको छ। यू ६०१–९ एनएजेओ जहाज पोखरा नपुगी काठमाडौंतर्फ नै फिर्ता भएको हो। 

उक्त जहाज बिहान साढे ७ बजे काठमाडौंबाट पोखराका लागि उडेको थियो । अचानक जहाजको ककपिटबाट धुवाँ आउन थालेपछि पाइलटले जहाजलाई काठमाडौंतिर मोडेका थिए । जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य अवतरण गरेको छ। ल्यान्ड गर्नुअघि केही समय जहाजलाई आकासमा होल्ड गरिएको थियो ।