मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल फोटो
२०७८ असोज ११ सोमबार १२:४४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढेको छ : महन्थ ठाकुर

Read Time : < 1 मिनेट
२०७८ असोज ११ सोमबार १२:४४:००

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढेर गएको बताएका छन् । सोमबार पार्टीका महिला नेतृहरूले जनकपुरमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

देशमा राजनीतिक अस्थिरता रहेको उल्लेख गर्दै ठाकुरले मधेसको समस्या समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गरिएको जानकारी दिए ।

अन्तरिम संविधानले दिएको अधिकारसमेत कटौती गरेकाले संविधान संशोधन गर्नुपर्ने अडानमा आफ्नो पार्टी रहेको उनले स्पष्ट पारेका छन् । उनले भने, ‘संविधान संशोधन, मधेस आन्दोलनकारीमाथि लगाइएको झुठा मुद्दा फिर्ता, नागरिकता समस्या समाधान, समावेशितालगायतका मुद्दामा निरन्तर सवाल उठाउँदै आइरहेका छौँ।’