१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

समय फल्चाको पुनर्निर्माण रोक्ने अन्तरिम आदेश खारेज, भोलिबाट पुनर्निर्माण सुचारु हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:४९:oo

उच्च अदालत पाटनले ललितपुरको पुल्चोकमा पुनर्निर्माणको क्रममा रहेको समय फल्चा पाटीको काम रोक्ने अन्तरिम आदेश खारेज गरेको छ। न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र किरणकुमार पोखरेलको संयुक्त इजलासले आदेश खारेज गरेको हो। होम प्रो. फर्निसिङले ललितपुर महानगरविरुद्ध हालेको मुद्दामा अदालतले यस्तो आदेश गरेको हो। 

जिल्ला अदालत ललितपुरको भदौ २२ को आदेशपछि महानगरपालिकाले हाल लालिगुराँस सहकारीको भवन रहेको स्थानमा फल्चाको रहेको भन्दै पुनर्निर्माण थालेको थियो। फल्चाको महानगर प्रमुख चिरिबाबु महर्जनले शिलान्यास गरेका थिए। तर,यसविरुद्ध परेको रिटमाथि उच्च अदालतको एकल इजलासले पुनर्निर्माण रोक्न अन्तरिम आदेश जारी गरेको थियो। यससँगै पुनर्निर्माणको काम रोकिन पुगेको थियो।  

सहकारीको माथि सार्वजनिक जग्गा अतिक्रमण गरेको आरोप लाग्दै आएको छ। अदालतले यसअघि सर्वोच्चको फैसला लगायतलाई आधार मानेर यस्तो आदेश गरेको हो। पुरातत्व अभियन्ताहरूले लामो समयदेखि ऐतिहासिक महत्वको फल्चा पुनर्निर्माण हुनुपर्ने भन्दै अभियान सञ्चालन गर्दै आएका थिए।

रिटमाथि निवेदक तर्फबाट वरिष्ठ अधिवक्ताद्वय शेरबहादुर केसी र रमणकुमार श्रेष्ठ, अधिवक्ताहरू सुनीलकुमार पोखरेल, सतिशराज मैनालीले बहस गरेका थिए। महानगरका तर्फबाट अधिवक्ताहरू खगेन्द्रप्रसाद बस्ती, रमेशकुमार रोक्का, लोकबन्धु पौडेल, रवीन्द्रनाथ अर्याल र प्रवीण नापितले बहस गरेका थिए।