मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ असोज ९ शनिबार ०९:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दाङका तीन स्थानीय  तहमा सर्वसम्मत नेतृत्व 

Read Time : < 1 मिनेट
२०७८ असोज ९ शनिबार ०९:३०:००

नेपाली कांग्रेसको दाङका तीन स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।  दाङका १० वटा स्थानीय  तहमध्ये बंगलाचुली, शान्तिनगर र राप्ती गाउँपालिकामा सर्वसम्मत नेतृत्व  चयन भएको छ । बंगलाचुली गाउँपालिकाको सभापतिमा जागेश्वर अधिकारी, उपसभापतिमा इन्द्रमणि वली र द्रोर्ण खत्री, सचिव वलदेव मल्ल र चेतबहादुर डाँगी, सहसचिवमा गणेश बिक, केयरसिं गाहा मगर सर्वसम्मत चयन भएका  छन् । 

त्यस्तै शान्तिनगर गाउँपालिका सभापतिमा झलक केसी सर्वसम्मत चयन भएका  छन् । अन्य  पदमा  भने उम्मेदवारी भएको छ । त्यस्तै राप्ती गाउँपालिकामा पालिकाको सभापतिमा पनि विद्याशरण चौधरी सर्वसम्मत भएका छन् । जसको उपसभापतीमा श्यामा रावत, प्रशान्त भुषाल, सचिवमा तीर्थराज ज्ञवाली, चैनकुमार चौधरी, सह–सचिवमा लक्ष्मण आचार्य र शिरबहादुर कार्की सर्वसम्मत चयन भएका छन् । 

घोराही उपमहानगरपालिकाको सभापतिमा तिलक रावत र निरज गिरीले सभापति पदमा उमेदवारी दर्ता गराएका  छन्, भने तुलसीपुर उपमहानगरपालिकाको   सभापतिमा शुरेश हमाल र अनिल कार्कीले सभापतिमा उमेद्वारी दर्ता गराएका  छन् । 

लमहीमा शिवप्रसाद चौधरी र सन्तोष बुढाथोकीले सभापतिमा पदमा उम्मेद्वारी दिएका  छन्, भने दंगीशरणमा गाउँपालिकामा शम्भु गिरी र हर्कबहादुर बुढाथोकी, बबई गाउँपालिकामा प्रकाश बस्नेत र पर्शाराम भुषालले सभापतिमा उम्मेद्वारी दर्ता गराएका छन् । 
गढवा गाउँपालिका सभापतिमा कृष्णराज पाण्डे र किरण पौडेलको तथा सचिवमा पुरण प्रसाद चौधरी र पोषणराज शर्मा, ओम प्रकाश बतसेल र मधुसुदन शर्माको उम्मेद्वारी परेको छ भने बाँकी पदमा सर्वसम्मत चयन भएका छन् ।