१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार o७:५७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आज लमजुङका आठ स्थानीय तहमा कांग्रेसको पालिका अधिवेशन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o७:५७:oo

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार लमजुङका ८ स्थानीय तहमा पालिका अधिवेशन हुने भएको छ । ७५ वडा अधिवेशन र क्षेत्रीय प्रतिनिधि छनोट गरिसकेका कारण आठ वटै स्थानीय तहका पालिकामा अधिवेशन हुन लागेको नेपाली कांग्रेस लमजुङका सचिव हरीप्रसाद बरालले जानकारी दिए । 

लमजुङको ४ वटा नगरपालिका र ४ वटा गाउँपालिका केन्द्रमा अधिवेशन हुँदैछ । बेंसीसहर नगरपालिकामा शरणहरि जोशी र सुरेशबाबु पाण्डे सभापतिका लागि चुनाव लड्ने भएका छन् । यस्तै सुन्दरबजार नगरपालिकाको सभापतिका लागि बद्रीमान श्रेष्ठ, प्रकाश सेढाइँ र दामोदार अधिकारीबिच प्रतिस्पर्धा गदैछन् । राइनास नगरपालिकाको सभापतिका लागि नुरराज कडरिया र श्रीकृष्ण पौडेलबीच प्रतिस्पर्धा हुने भएको छ । 

मध्यनेपाल नगरपालिकाको सभापतिका लागि वसन्तराज घिमिरे र रामचन्द्र भण्डारी चुनावमा प्रतिस्पर्धा गर्ने भएका छन् । दूधपोखरी गाउँपालिकामा कमलप्रसाद धिताल र धनप्रसाद गुरुङ सभापतिका लागि चुनाव लड्ने भएका छन् । दोर्दी गाउँपालिकामा बिच्छबहादुर घले र यमबहादुर तामाङ सभापतिका लागि चुनावी प्रतिस्पर्धामा हुने भएका छन् । मर्स्याङ्दी  गाउँपालिकामा कृष्णबहादुर गुरुङ र हरिश्चन्द्र थापा सभापतिमा प्रतिस्पर्धा गदैछन् । क्व्होलासोंथर गाउँपालिका सभापतिमा पसबहादुर गुरुङ र खेमबहादुर गुरुङ उठ्ने भनिए पनि पसबहादुर गुरुङलाई सर्वसम्मत बनाउने तयारी छ । शनिबार हुने निर्वाचनको तयारी पूरा भएको नेपाली कांग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलले बताए । 

नेपाली कांग्रेस लमजुङ १४ औं अधिवेशनका लागि खटिएका निर्वाचन अधिकृत थानेश्वर दवाडीले वडा अधिवेशनबाट चुनेर आएका क्षेत्रीय प्रतिनिधिहरु बेंसीसहर नगरपालिकामा दुई सय १७ जना, सुन्दरबजार नगरपालिकामा दुई  सय १७ जना, राइनास नगरपालिकामा दुई सय १ जना र मध्यनेपाल नगरपालिकामा एक सय ८० जना रहेका छन् । यस्तै, दूधपोखरी गाउँपालिकामा एक सय एक, दोर्दी गाउँपालिकामा एक सय ६१, मर्स्याङ्दी गाउँपालिकामा एक सय ४२ र क्व्होलासोंथर गाउँपालिकामा एक सय ४० जना क्षेत्रीय प्रतिनिधि निर्वाचित भएर आएका छन्  । कांग्रेस पालिका अधिवेशनमा भदौ २० गतेदेखि आयोजित वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि र केही पदेन प्रतिनिधि सहभागि हुनेछन् ।

ad
ad