१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १४:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

लमजुङमा ४९ घरेलु उद्योग खारेज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:४५:oo

घरेलु तथा साना उद्योग कार्यालय लमजुङले विगत तीन आर्थिक वर्षमा ४९ वटा घरेलु उद्योग खारेज गरेको छ। दर्ता गरेर उद्योग सञ्चालन नगर्ने र लामो समयसम्म नवीकरण नगर्नेलगायतका घरेलु उद्योग खारेज गरेको कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिए।
 
उनका अनुसार सो अवधिमा वाणिज्यतर्फ एक सय  नाैवटा उद्योगको दर्ता खारेज भएको छ। खारेज भएकामध्ये घरेलु उद्योगतर्फ आव ०७७/७८ मा ३२, आव ०७६/७७ मा ११ र आव ०७५/७६ मा ६ वटा रहेको घरेलु तथा साना उद्योग कार्यालय लमजुङले जनाएको छ। 

त्यस्तै, वाणिज्यतर्फ आव ०७७/७८ मा ६१, आव ०७६/७७ मा २५ र आव ०७५/७६ मा २३ उद्योगको दर्ता खारेज भएको कार्यालय प्रमुख भुसालले बताए। उनले भने, ‘हामीले पटकपटक दर्ता गर्न व्यवसायीलाई आग्रह गर्ने गर्छौँ। तर, अटेर गरेर दर्ता नै नगरेका, कतिपयले अनुदानका लागि मात्र दर्ता गरेर व्यवसाय नै छोडेकाको दर्ता खारेज गरेका हौँ ।’ रासस

ad
ad