१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:४७:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

देशभर १,३३० संक्रमित हुँदा १,८३० संक्रमणमुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४७:oo

पछिल्लो २४ घन्टामा देशभर एक हजार तीन सय ३० जनामा कोरोना भाइरस संक्रमण हुँदा एक हजार आठ सय ३० संक्रमित निको भएका छन्। यो अवधिमा १३ हजार ६ सय २२ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नौ हजार ६ सय २६ नमुनाको पिसिआर विधिबाट गरिएको परीक्षणमा एक हजार ३६ तथा तीन हजार नाै सय ९६ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा दुई सय ९४ नमुनामा कोभिड– १९ पुष्टि भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

यो अवधिमा नेपालमा कोरोना संक्रमणका कारण पाँचजनाले ज्यान गुमाएका छन्। मंगलबार देशभर ५५ हजार दुई सय ४२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।  अब नेपालमा २१ हजार पाँच सय २४ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ।