१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्छ भन्दै अभियान चलाउने काफ्ले १५ हजार धरौटीमा छुटे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:४६:oo

लागुऔषध गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्ने अभियानमा संलग्न राजीव काफ्ले हिरासत मुक्त भएका छन्। गाँजाको फुकुवा र ओसारपसारमा समेत संलग्न रहेको भन्दै उनलाई बुढानीलकण्ठबाट प्रहरीले पक्राउ गरेको थियो।
१५ हजार रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएपछि उनी हिरासतमुक्त भएका हुन्। प्रहरी उनीहरू ३ जनालाई भदौ २० गते पक्राउ गरेको थियो। उनीहरूले गाँजा बेचेको र प्रचारप्रसार गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो। उनीहरूलाई अदालतको आदेशबमोजिम छाडिएको नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरले जानकारी दिए।