१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज ४ सोमबार
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज ४ सोमबार १९:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले स्थायी कमिटी बैठक : तीन प्रतिवेदनमाथि छलफल, केन्द्रीय कमिटीमा लगिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज ४ सोमबार १९:३६:oo

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने तीनवटा प्रतिवेदनमाथि छलफल गरेको छ। सोमबार बसेको स्थायी कमिटीको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको तीन प्रतिवेदनमाथि छलफल गरेको हो। बैठकपछि नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले स्थायी कमिटीका सदस्यहरूले विधान संशोधनसम्बन्धी प्रस्ताव, संगठनसम्बन्धी प्रस्ताव साथै राजनीतिक प्रतिवेदनसम्बन्धी प्रस्तावमा सुझाब दिएको बताए। उनले स्थायी कमिटीले दिएका सुझाबहरूलाई समेटेर असोज ८ र ९ गते बस्ने केन्द्रीय कमिटीको बैठकमा राखिने र केन्द्रीय कमिटीमा आएका सुझाबहरूलाई समेटेर असोज १५, १६ र १७ गते विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने निर्णय गरिएको बताए। बैठकले सबै पदाधिकारीहरू हलबाट प्रत्यक्ष निर्वाचित गर्ने प्रस्ताव गरेको पनि उनले बताए। 

‘पार्टीले आयोजना गरेको विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने तीनवटा प्रतिवेदनमाथि छलफल गरेको छ। स्थायी कमिटीका सदस्य कमरेडहरूले प्रतिवेदनमाथि आफ्ना गहन सुझाबहरू दिनुभएको छ, विधान संशोधनसम्बन्धी प्रस्ताव,संगठनसम्बन्धी प्रस्ताव साथै राजनीतिक प्रतिवेदनसम्बन्धी प्रस्ताव गरी तीनवटै प्रस्तावमा स्थायी कमिटीका कमरेडहरूको सुझाबहरू प्रस्तुत भएका छन्, यी सुझाबहरूलाई समेटेर यी प्रतिवेदनहरू केन्द्रीय कमिटीको बैठकमा असोजको ८ र ९ गते बस्ने  केन्द्रीय कमिटीको बैठक बैठकमा प्रस्तुत गरिन्छ,त्यो बैठकमा केन्द्रीय कमिटीका साथीहरूको सुझाब लिएपछि ती सुझाबलाई समावेश गरेर असोजको १५, १६ र १७ गते विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने गरी प्रतिवेदनहरू स्थायी कमिटीबाट अगाडि बढेका छन्, बैठकले सबै पदाधिकारीहरू हलबाट प्रत्यक्ष निर्वाचित गर्ने प्रस्ताव गरेको छ।’

विभाग प्रमुख भट्टराईले अब विधान राष्ट्रिय महाधिवेशनको तयारीमा लाग्ने बताए।  उनले अबको काम भनेको प्रतिनिधिहरूको नामावली तयार गर्ने, व्यवस्थापनलगायतका काममा केन्द्रीत भएर विधान राष्ट्रिय महाधिवेशनलाई भव्यताका साथ स्थायी लागि पर्नेमा जोड दिने स्थायी कमिटीले निर्णय गरेको बताए।