१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format १४:५o:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

रुसको एक क्याम्पसमा गोली चल्दा कम्तीमा आठको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:५o:oo

मध्यरुसको एक विश्वविद्यालय परिसरमा सोमबार एक विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा आठजनाको मृत्यु भएको रुसी अधिकारीले बताएका छन्। यस वर्ष उक्त शिक्षा केन्द्रमा भएको यो दोस्रो आमगोलीकाण्ड हो।

प्रमुख अपराधको जाँच गर्ने यहाँको छानबिन समितिले ‘पर्म स्टेट युनिभर्सिटी’मा भएको आक्रमणमा धेरै व्यक्ति घाइते भएको र आक्रमणकारीलाई नियन्त्रणमा लिन खोज्दा उनी पनि घाइते भएका जनाएको छ। उक्त घटनामा सुरुमा पाँचजनाको मृत्यु भएको र अन्य ६ जना घाइते भएका जानकारी अनुसन्धानकर्ताहरूले गराएका थिए।

सामान्यतया शिक्षण संस्थामा कडा सुरक्षाको कारण र कानुनी तवरमा बन्दुक किन्न कठिनाइको कारण रुसमा तुलनात्मक रूपमा शिक्षालयमा यस्ता आक्रमण कमै हुने गरेका छन्। रुसमा सिकार खेल्न राइफल दर्ता गर्न सम्भव भए पनि अन्य अवस्थामा आधुनिक हतियार राख्न पाइँदैन ।

सामाजिक सञ्जालमा देखिएका भिडियोहरूमा विद्यार्थीले आक्रमणकारीबाट भाग्न उफ्रनुअघि परिसरका भवनहरूबाट सामानहरू फ्याँक्दै गरेको देखिएको थियो ।

राज्य सञ्चारमाध्यमहरूले दिएको रिपोर्टअनुसार सोमबारको आक्रमणको दौरान छद्मभेषी कालो पहिरन र हेलमेट लगाएका व्यक्ति हतियार बोकेर परिसर हुँदै हिँडिरहेको देखिएको छ। रासस