मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज ४ सोमबार
  • Sunday, 13 July, 2025
२o७८ असोज ४ सोमबार o६:३२:oo
Read Time : < 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

सुजित मैनालीको ‘सती’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज ४ सोमबार o६:३२:oo

लेखक सुजित मैनालीको नयाँ अनुसन्धनात्मक पुस्तक ‘सती : इतिहास र मीमांसा’ सार्वजनिक भएको छ । यस पुस्तकले मानव इतिहासकै एउटा क्रुरतम अध्याय मानिने सतीप्रथाबारे गहिरोसँग प्रकाश पार्ने कोसिस गरेको छ । 

पुस्तकले सतीप्रथाको ऐतिहासिक, सामाजिक र मनोवैज्ञानिक पाटोबारे विमर्श गरेको छ । नेपालमा सतीप्रथामाथि रोक लगाइएको सय वर्ष पुगिसके पनि यसले पारेका असरहरू लैंगिक भेदभावका अनेक पाटोका रूपमा समाजमा अझै व्याप्त छन् ।

लेखक मैनाली भन्छन्, ‘मृतक पतिको नाममा पत्नीलाई जिउँदै जलाउने चलनबाट तात्कालिक पुरूषप्रधान समाजले कस्तो लाभ दोहन गर्‍यो भनी चर्चा गर्दै यस किताबले महिनावारी बार्ने चलनदेखि बलात्कारसम्मका नारीद्वेषी चलनलाई सतीप्रथाको आलोकमा बुझ्ने प्रयत्न गरेको छ ।’

नेपालमा लिच्छवि राजा मानदेवको पालादेखि राणा प्रधानमन्त्री चन्द्रशमशेरको समयसम्म सतीगमनका अनेक घटना भएका छन् । १९७७ सालमा चन्द्रशमशेरले नेपालभरि सतीप्रथाको अभ्यासमा रोक लगाएपछि पत्नीले पनि पतिको शवसँगै जलेर प्राण त्याग्नुपर्ने चलन कानुनी रूपमा बन्द भएको हो ।