मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १३:४२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नयाँ पत्रिकाका प्रधानसम्पादक देवकोटासहित चार सञ्चारकर्मीद्वारा सरकारी पदक अस्वीकार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:४२:oo

संविधान दिवस २०७८ को अवसरमा सरकारले प्रदान गरेको पदक केही सञ्चारकर्मीहरूले अस्वीकार गरेका छन्। पदक अस्वीकार गर्ने पत्रकारहरूमा नयाँ पत्रिका दैनिकका प्रधानसम्पादक कृष्णज्वाला देवकोटक, इकागज डटकममा प्रधानसम्पादक हरिबहादुर थापा, नेपाल समय डटकमका प्रधानसम्पादक नारायण अमृत र कार्टुनिस्ट रविन सायमी रहेका छन्।

पदकहरूको वितरण विवेकपूर्ण र पारदर्शी नभएको भन्दै निरन्तर प्रश्न उठाइरहेको सञ्चारकर्मीका नाताले आफैँ पदक स्वीकार गर्नु नैतिक नहुने भन्दै देवकोटाले पदक अस्वीकार गरेका हुन्। ‘ढिलो उठ्ने मान्छे, ढिलै थाहा पाएँ । नेपाल सरकारले मलाई सुप्रबल जनसेवाश्री पदक प्रदान गर्ने निर्णय गरेकोमा सरकारलाई धन्यवाद। तर, पदकहरूको वितरण विवेकपूर्ण र पारदर्शी नभएको भन्दै निरन्तर प्रश्न उठाइरहेको सञ्चारकर्मीका नाताले आफैँ पदक स्वीकार गर्नु नैतिक हुने देखिनँ। नेपाली पत्रकारितामा थोरै पनि हस्तक्षेप गर्न सकेको भए मलाई सामाजिक प्रेरणा नै पर्याप्त छ,’ देवकोटाले भनेका छन्। 

थापाले विगतमा पदकका लागि पटकपटक सोधिएको र अस्वीकार गरेको बताउँदै यसपालि भने सोध्दै नसोधी आफ्नो नाम राखिएको बताएका छन्। ‘सुप्रबल जनसेवाश्रीमा १२ नम्बरमा उल्लिखित म हरिबहादुर थापा पदक अस्वीकार गर्ने जानकारी गराउँछु,’ उनले भनेका छन्। 

‘मैले मानपदवी, अलंकार, पदकको विकृति, पदक पाउनेको सार्वजनिक सुयोग्यताबारे समाचार–विश्लेषण–पुस्तकमार्फत लामो समयदेखि प्रश्न उठाइरहेको छु। राज्यले सम्मान नै गर्नुहुन्न भन्ने होइन, तर सम्मान स्वयं सम्मानित हुने गरी मात्र सम्मान गर्नुपर्छ। कोही किन पदक पाउँछ वा दिइन्छ भन्नेबारे खुला बहस हुनुपर्छ, विधि लोकतान्त्रिक र पारदर्शी हुनुपर्छ,’ थापाको भनाइ छ। 

संविधान दिवसमा बिस्कुन बनाइने मानपदवी, विभूषण र अलंकार वितरणको अपारदर्शी प्रक्रियाप्रति आफू सधैँ अहसमत भएको नारायण अमृतले बताएका छन्। ‘यसपटकको लाममा मेरो पनि नाम देखेँ। विनाखबर, विनाप्रक्रिया र विनामापदण्ड वितरण गरिने यस्ता पुरस्कारमा दलीय भागबन्डाको स्पष्ट दर्पण देखिन्छ। कसैलाई लागेर ‘फलानाको नाम पनि यो शीर्षकमा राख्दिम् न’ भनेर हचुवाको भरमा नाम समाविष्ट गरिने प्रक्रियाले खास योगदान दिने व्यक्तिलाई अवमूल्यनसमेत गर्छ भन्ने मर्म कहिले बुझिएला ? त्यसैले, त्यो लामबाट मेरो नाम झिकियोस्,’ उनले भनेका छन्।

कार्टुनिस्ट सायमीले हाललाई याे विभूषण ग्रहण नगर्ने बताएका छन्। ‘सरकारले मलाई ‘प्रबल जनसेवा श्री’ बाट विभूषित गर्ने निर्णय गरेको रहेछ। तर, हाललाई यो विभूषण ग्रहण नगर्ने निर्णय गरेको छु,’ सायमीले भनेका छन्। सरकारले संविधान दिवस २०७८ को अवसरमा नाै सयभन्दा बढीलाई विभूषण दिने निर्णय गरेको छ।