मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १ शुक्रबार १६:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माधव नेपाल भन्छन्- एमालेमा रहेका साथीहरू ढिलो चाँडो हाम्रो पार्टीमा आउँछन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १ शुक्रबार १६:५५:००

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा रहेका साथीहरू ढिलो चाँडो आफ्नो पार्टीमा आउने दाबी गरेका छन् । शुक्रबार एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, नेपालले आयोजना गरेको व्यवसायी भेलामा बोल्दै अध्यक्ष नेपालले कतिपय मानिसहरू अल्मलिएर एमालेमै बसेको भन्दै असल भावना भएका मानिसहरू ढिलो चाँडो एकीकृत समाजवादीमा आउने बताए । उनले विगतमा एमालेभित्र बनेका समानान्तर कमिटीहरू समाजवादीमा रूपान्तरित भइरहेको भन्दै आफ्नो पार्टी नितान्त नयाँ नभएको उल्लेख गरे । 

पार्टीको ७७ वटै जिल्लामा संगठन बनिरहेको पनि उनले बताए । ‘पार्टीको ७७ वटै जिल्लामा संगठनहरू बनिरहेका छन् । हिजो हामीले ०७७ चैत्र ४ र ५ गते पश्चात् बनाएका पार्टी र सबै जनवर्गीय संगठनहरू रूपान्तरित भइरहेका छन् । त्यस अर्थमा यो नितान्त नयाँ पार्टी होइन । पुरानो पार्टीभित्रको क्रान्तिकारी धारले, नेकपा (एमाले)भित्रको क्रान्तिकारी धारले सुरु गरेको यो पार्टीको नयाँ यात्रा हो,’  उनले भने,  ‘क्रान्तिकारीहरू, परिवर्तनकारीहरू, इमान्दार र निष्ठावानहरू अहिले यो पार्टीमा आबद्ध भएका छन् । कतिपय मानिसहरू अझै त्यहाँ अल्मलिएका होलान्,असल मानिसहरू पनि भ्रमवश बसिरहेका होलान् । असल भावना भएका साथीहरू ढिलो चाँडो हाम्रो यो पार्टीमा आउनैपर्छ । उहाँहरूलाई हामी स्वागत गर्नेछौँ ।’ उनले व्यवसायीहरूलाई जलविद्युत्, पर्यटन, कृषिलगायतका क्षेत्रमा लगानी गरी राष्ट्र निर्माणमा योगदान पुर्‍याउन आग्रह गरे ।