१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चीनबाट आइपुग्यो ४४ लाख डोज खोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:o८:oo

चीनबाट खरिद गरेको ६० लाखमध्ये आउन बाँकी ४४ लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप नेपाल आइपुगेको छ। शुक्रबार चीनबाट खोप नेपाल आइपुग्दा स्वास्थ्य तथा जनसंख्यामन्त्री राज्यमन्त्री उमेश श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। एकैपटकमा यति ठूलो संख्यामा खोप आएको याे पहिलोपटक हो। 

यसअघि प्रतिभायल दुई डोजका दरले खोप आएकाले आठ लाखभन्दा बढी ल्याउन सकेको थिएन। तर, यसपटक एक भायलमा पाँच डोज भएकाले एकैपटकमा ४४ लाख डाेज ल्याउन सम्भव देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। खोप शाखा प्रमुख सागर दाहालका अनुसार आगामी ४ असोजबाट खोप लगाउन सुरु गरिनेछ। यसका लागि शुक्रबारदेखि प्रदेश स्टोरमा वितरण हुनेछ। प्रदेशले जिल्ला र स्थानीय तहमा पठाएपछि खोप सुरु हुनेछ। खोप उपलब्धताका आधारमा १८ वर्षमाथि ५० वर्षसम्मकालाई लगाउने तयारी छ। हिमाली १० जिल्लाका भने १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाइनेछ।