१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १ शुक्रबार
  • Monday, 30 June, 2025
२o७८ असोज १ शुक्रबार १o:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमती प्रदेश सुरक्षा समिति बैठक सम्पन्न, अपराध न्यूनीकरणमा ध्यान दिन मन्त्री शाक्यको निर्देशन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज १ शुक्रबार १o:५२:oo

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डाक्टर अजयक्रान्ति शाक्यको संयोजकत्वमा प्रदेश सुरक्षा समितिको बैठक सम्पन्न भएको छ । प्रदेश सुरक्षा समितिका संयोजक मन्त्री शाक्यको संयोजकत्वमा बसेको बैठकमा बागमती प्रदेशको  सुरक्षाको अवस्था, समस्या तथा चुनौतीका विषयमा प्रस्तुतीकरण गरिएको थियो। 

बैठकमा कोभिड– १९ को रोकथाम, नियन्त्रण तथा उपचार, प्राकृतिक विपत्, सडक सुरक्षा, विभिन्‍न घटनाको प्रतिक्रियास्वरूप हुन सक्ने विरोध प्रदर्शन र यसले थप्‍ने सुरक्षा चुनौतीका विषयमा छलफल भएको मन्त्री शाक्यले जानकारी दिए।  नजिकिँदै गरेको चाडपर्व (दसैँ, तिहार) लाई मध्यनजर गरी हुन सक्ने अपराधका घटना न्यूनीकरण गर्न मन्त्री शाक्यले उपस्थित सबै सुरक्षा निकायहरूलाई आवश्यक निर्देशन दिएका थिए।

बैठकमा २८ नम्बर बाहिनी सुपारेटारका सहायक रथी जोनसन खड्का, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक प्रशासजंग कार्की, सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गढीमाई बाहिनीका सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दीप श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभाग प्रदेश कार्यालयका अनुसन्धान निर्देशक हरिहर पौडेल र जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याललगायतले प्रदेशको वर्तमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौतीको विषयमा धारणा राखेका थिए।