१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
फाइल फोटो।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १८:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

२५ किलो सालकको खबटासहित दुई पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १८:२१:oo

प्रहरीले २५ किलो सालकको खबटासहित बिहीबार दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोसी गाउँपालिका–३ बस्ने ३८ वर्षीय सोनाम तामाङ र सोही ठाउँका ३२ वर्षीय ध्यानबहादुर तामाङ रहेका छन् । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) काठमाडौंको टोलीले रामेछाप प्रहरीको सहयोगमा जिल्ला सदरमुकाम मन्थलीबाट उनीहरूलाई पक्राउ गरेको हो । वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रणका लागि विशेष सूचनाका आधारमा टोली त्यहाँ पुगेको थियो । 

ब्युरोले आज एक सूचना जारी गरी उनीहरूलाई थप कारबाहीका लागि जिल्ला डिभिजन वन कार्यालयमा बुझाएको सिआइबीका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए ।

ad
ad