१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ३१ बिहीबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ ३१ बिहीबार १६:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

डडेल्धुरामा फेरि वडा अधिवेशन गराउन निर्वाचन समितिलाई पौडेल समूहको ध्यानाकर्षण (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ ३१ बिहीबार १६:५९:oo

नेपाली कांग्रेसको संस्थापनइतर पक्षले डडेल्धुरामा फेरि वडा अधिवेशन गराउन केन्द्रीय निर्वाचन समितिलाई ध्यानाकर्षण गराएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले निर्वाचन समितिका सदस्यहरूलाई बिहीबार पार्टी कार्यालयमा भेटेर यस्तो ध्यानाकर्षण गराएको हो।

निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार नेताहरूले समितिका सदस्यहरूसँग छलफल गरेका हुन्। ‘उहाँहरू एक घन्टादेखि समितिसँगको छलफलमा हुनुहुन्छ। निर्वाचनका विषयमा छलफल भइरहेको छ,’ उनले नयाँ पत्रिकासँग भने।

पौडेलनिकट केन्द्रीय सदस्य बलबहादुर केसीका अनुसार निर्वाचन समितिलाई डडेल्धुरामा पुनः निर्वाचन गराउन, सार्वजनिक भएको क्रियाशील सदस्यतामा देखिएको समस्या र बाँकी निर्वाचनलाई निष्पक्ष बनाउन ध्यानाकर्षण गराइएको हो।

ध्यानाकर्षणका लागि वरिष्ठ नेता पौडेलको नेतृत्वमा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायतका नेताहरू सानेपा पुगेका हुन्। पौडेल समूहले पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेताहरूकै असहमतिबीच निर्वाचन गराइएको भन्दै यसलाई अस्वीकार गर्ने घोषणा गरिसकेको छ।