१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:५६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सामाजिक सञ्जालमा आउने भ्रामक सूचनाको पछि लाग्दा ठगिनुहोला !

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:५६:oo

सामाजिक सञ्जालमा आउने भ्रामक सूचनाको पछि लाग्दा ठगिने क्रम बढेको छ। अनलाइनबाट सामान वा वस्तुको खरिद गर्दा चिट्ठा परेको भन्दै धेरै व्यक्तिहरू ठगिने क्रम बढेको हो। कतिपयले आकर्षक तलबसहित रोजगारी दिने भन्दै सामाजिक सञ्जालमा सूचना राखेर त्यसको अनलाइन फारम भराई फारम शुल्क भन्दै ठगी गरिरहेका छन्।

नेपाल प्रहरीको साइबर  ब्युरोले प्रविधिको दुरुपयोगबाट ठगीधन्दा बढेको भन्दै सचेत रहन आग्रह गरेको छ। प्रविधिमार्फत हुने ठगीबाट बच्नका लागि सामाजिक सञ्जालमा आउने भ्रामक सूचना र विज्ञापनहरू नहेर्न ब्युरोले अनुरोध गरेको छ। सामाजिक सञ्जाल वा कुनै साइटबाट सामान तथा वस्तु खरिद गर्दा पछिल्लो समय धेरै मानिसहरू ठगिएका छन्। केही समययता केही व्यक्ति तथा आपराधिक समूहहरूले प्रविधिको दुरुपयोग गरी ठगी गर्ने क्रम बढेको ब्युरोको ठम्याइ छ।

त्यस्तै, सामाजिक सञ्जालमार्फत चिट्ठा परेको भन्दै चिट्ठाबापतको रकम पाउनका लागि कर चुक्ता गर्न रकम चाहिने भन्नेजस्ता सूचनाको भ्रममा पारी रकम असुली गर्ने क्रम पनि बढेको छ। यस्ता सूचनाहरूलाई सोझै विश्वास नगर्न साइबर ब्युरोका प्रवक्ता नविन्द्र अर्यालले आग्रह गरेका छन्। उनले बैंक तथा अनलाइनमार्फत पैसा जम्मा गर्न लगाई ठगी गर्ने प्रवृत्ति बढिरहेको पाइएपछि यस्ता भ्रामक कुरामा विश्वास नगरी ठगी हुनबाट बच्नुपर्ने बताए। उनले भने, ‘सामाजिक सञ्जालमा आकर्षक सूचना, वस्तु वा सामानको फोटा राख्छन्, त्यसपछि रकम खातामा माग गर्छन्। रकम पाएपछि उनीहरूले सामान पठाउँदैनन्, कतिपयले अनलाइन फारम भराएर पनि शुल्क असुल्ने गरेका छन्।’

उनका अनुसार सामाजिक सञ्जाल भाइबर, फेसबुक, ह्वाट्सएप, इमोलगायतका विभिन्न सञ्जालमार्फत भिडियो सेयर गर्ने क्रम बढेको छ। कतिपयले पेज नै बनाएर ठगी गर्दै आइरहेको प्रहरीको भनाइ छ । त्यस्तै, कुनै विज्ञापन वा सामानको भिडियो, अडियो तथा टेक्स्ट मेसेज गरी प्रलोभनमा पार्दै ठगी गर्ने क्रम पनि बढ्दो छ।

ब्युरोका अनुसार पछिल्लो समय अनलाइनमार्फत सामान किन्दा धेरै ठगिने गरेका छन्। कतिपयले रोगजारका लागि खोलिएका नक्कली सूचनालाई पत्याएर फारम भर्ने र शुल्क बुझाएर गठीमा परेपछि प्रहरीमा धाउने गरेका छन्। अहिले अनलाइन तथा प्रविधिमार्फत ठगिएको भन्दै १५ जनाभन्दा बढी व्यक्ति साइबर ब्युरोमा दैनिक जाहेरी निवेदन दिन पुग्छन्।