मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
Invalid date format १२:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रामेछापमा बाेलेरो जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु, एक गम्भीर घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:o३:oo

काठमाडौंदेखि ओखलढुंगातर्फ जाँदै गरेको बाेलेरो जिप रामेछापमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। प्रदेश ३–०१०२३ च ३५१३ नम्बरको डबल क्याप बाेलेरो जिप आज बिहीबार बिहान ९ बजे मन्थली नगरपालिका– ६ हात्तीसारस्थित कुनौलीमा दुर्घटना भएको हो।

जिपमा सवार चारजनामध्ये चालक लाक्पा शेर्पा, उनकी श्रीमती फुर्वा शेर्पा र गाडीधनी वाङ्छे शेर्पाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। १२ वर्षीय पेम्बा शेर्पा गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर श्रीशंकर श्रेष्ठले अप्ठ्यारो बाटोमा तीव्र गति भएका कारण जिप दुर्घटना भएको हुन सक्ने बताए। उनका अनुसार जिप घुम्तीमा दुर्घटना भएको थियो।