१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format १२:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वीरगन्जको सुक्खा बन्दरगाहमा आइपुग्यो निजी कार्गो रेल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:४३:oo

वीरगन्ज महानगरपालिका– २५ स्थित सुक्खा बन्दरगाहमा पहिलोपटक भारतबाट निजी क्षेत्रको कार्गो रेल बुधबार आइपुगेको छ। बुधबार बिहान १० बजे हिम्ड टर्मिनल प्रालिको एक र्‍याकको कार्गो रेल आइपुगेको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए। उनका अनुसार हल्दिया पोर्टबाट खाद्यान्नको २० फिट अग्लो ९० वटा कन्टेनर बोकेको रेल सुक्खा बन्दरगाह आइपुगेको छ। 

नेपालको रेल पनि सीधै कोलकाताको हल्दिया पोर्टसम्म जान सक्ने र नेपाली रेलले नै सामान बोकेर सीधै नेपाल आउन सक्ने उनले बताए। ०६१ सालमा भएको नेपाल–भारत रेल सेवा सम्झौताअनुसार भारतीय सरकारी स्वामित्वको रेलले मात्रै नेपालमा सेवा दिँदै आएको थियो। रेल सेवा सम्झौता पुनरावलोकन सम्झौतामा गत जुलाई २०२१ मा भएको दुई देशबीचको सहमतिपछि नेपालमा निजी क्षेत्रका रेलले पनि सेवा सञ्चालन गर्न पाउने बाटो खुलेको थियो।