Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ ३० बुधबार ०८:४१:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

माओवादी केन्द्रको  विधान पारित, २२ सदस्यीय निर्वाचन समिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ ३० बुधबार ०८:४१:००

माओवादी केन्द्रले पार्टीको विधान पारित गरेको छ । मंगलबार बसेको स्थायी समिति बैठकले सुझाबहरू समेटेर विधान पारित गरेको स्थायी समिति सदस्य देवेन्द्र पौडेलले बताए । यसअघि माओवादी केन्द्रीय समिति बैठकले विधानलाई टुंगो लगाउने जिम्मा स्थायी समितिलाई दिएको थियो । आगामी केन्द्रीय समिति वा राष्ट्रिय सम्मेलनले उक्त विधान अनुमोदन गर्नेछ । 

बैठकले पार्टीको निर्वाचन आयोग गठन गरेको छ । विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्यीय निर्वाचन समिति गठन गर्दै निर्वाचन प्रक्रियाका विधिहरू तय गर्ने जिम्मेवारी दिएको छ । आयोगलाई पार्टीको स्थानीयदेखि केन्द्रसम्मको निर्वाचन कसरी गर्ने भन्ने विषयमा नियमावली र निर्देशिका बनाउने जिम्मेवारी पनि बैठकले दिएको छ । बैठकमा लेखा समिति र पार्टी अनुशासन आयोगबारे समेत छलफल भएको छ । 

यस्तै, विभिन्न समयमा माओवादी केन्द्रमा समाहित भएका विभिन्न पार्टी र व्यक्तिको समायोजन गर्नेबारे बनेको समितिले समेत आफ्नो प्रतिवेदन बुझाएको छ । वर्षमान पुन, गिरिराजमणि पोखरेल, श्रीराम ढकाल रहेको समितिले बुझाएको प्रतिवेदनबारे अर्को बैठकमा छलफल गरेर निर्णय गर्ने भएको छ । बैठकमा अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले एमसिसीलगायत समसामयिक परिस्थितिबारे ब्रिफिङ गरेका थिए ।