Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७८ भदौ २९ मंगलबार २१:१२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मनाङमा तीन दिनदेखि बेपत्ता कामदारको शव मर्स्याङ्दीमा भेटियो

Read Time : < 1 मिनेट
२०७८ भदौ २९ मंगलबार २१:१२:००

हिमाली जिल्ला मनाङमा मनाङ ङिस्याङ गाउँपालिका ५ सब्जेस्थित स्याउ फार्ममा कार्यरत कामदार मृत भेटिएका छन् । गोरखाको गण्डकी गाउँपालिका २ घर भई मनाङमा स्याउ फार्ममा काम गदै आएका वर्ष ४३ का क्षेत्रकुमार गुरुङ हराएको ३ दिनपछि मर्स्याङ्दीमा मृत अवस्थामा भेटिएका हुन् । मनाङका प्रहरीप्रमुख डिएसपी सुवास खड्काका अनुसार गुरुङलाई शनिबार राति मुङ्जेमा खाजा खाएर फर्किने क्रममा मर्स्याङ्दीले बगाएको थियो । 

उनले भने ‘मुङ्जे र सब्जेबीचको मर्स्याङ्दी नदीमाथि रहेको पुलबाट झन्डै २ किलोमिटर तल हुम्डेनजिकै ङेरुडाँडामुनि मर्स्याङ्दी नदीको बीचमा रहेको ढुंगामा चेपिएको अवस्थामा मंगलबार शव फेला परेको हो ।’

घटनापछि हुम्डे सीमा प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय चामेबाट खटिएको प्रहरी टोलीले खोजीकार्य तीव्र पारेसँगै मंगलबार मध्याह्न शव फेला परेको डिएसपी खड्काले बताए । शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल मनाङमा ल्याइएको छ । घटना के कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।