१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पार्टीका कार्यकर्ता पोस्ने गरी बजेटमा आएको प्रावधान नमान्ने निर्माण व्यवसायीको चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o६:oo

नेपाल निर्माण व्यवसायी महासंघले प्रतिस्थापन बजेटमा उल्लेखित ‘श्रम समूहमार्फत १० करोडसम्मको निर्माण कार्य गर्न सकिने’ प्रावधान तत्काल हटाउन सरकारसँग माग गरेको छ। महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राजनीतिक पार्टीका कार्यकर्ताहरूलाई पोस्ने गरी आएको सो प्रावधान मान्य नहुने चेतावनी दिँदै तत्काल हटाउन माग गरेको हो।

महासंघका अध्यक्ष रवि सिंहले एक करोडसम्मको बजेटको निर्माण कार्य स्थानीय उपभोक्ता समितिमार्फत गर्ने सरकारको निर्णयले मुलुकमा भ्रष्टाचार बढेको बेला सरकारले श्रम समूह बनाएर १० करोडसम्मको निर्माण कार्य गर्न दिने व्यवस्था गर्नु निर्माण व्यवसायीहरूका लागि स्वीकार्य हुनै नसक्ने चेतावनी दिए। उनले राजनीतिक दलका नेताहरूले आफ्ना कार्यकर्ता संरक्षणका लागि त्यस्ता खालका प्रावधान ल्याउने गरेको उल्लेख गर्दै तत्काल खारेज गर्न माग गरे।

महासंघले निर्माण कार्य स्थानीय उपभोक्ता समितिमार्फत गराउने कानुनी व्यवस्था पनि हटाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। महासंघले निर्माण व्यवसायीहरूले गर्नुपर्ने काम श्रम समूहमार्फत गराउन खोजेर सरकारले उनीहरूको रोजीरोटी नै खोस्ने प्रयास गरिरहेको भन्दै आपत्तिसमेत जनाएको छ। 

महासंघले कोभिड संकटमा परेका निर्माण कम्पनीहरूलाई मूल्य अभिवृद्धि करमा छुट दिने, निःशुल्क नवीकरण गर्नेलगायतका सहमतिको पूर्ण रूपमा कार्यान्वयन गर्न पनि सरकारलाई दबाब दिँदै आएको छ।