१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २९ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २९ मंगलबार १६:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रतिपक्षलाई राज्यको अभिन्न अंग मानेर अगाडि बढ्नुपर्छ : सुवास नेम्वाङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २९ मंगलबार १६:२२:oo

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङले सभामुखप्रति आफूहरूको आशंका कायमै रहेको बताएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपनेता नेम्वाङले सभामुख अग्निप्रसाद सापकोटाले एमालेमाथि भेदभाव गरेकाले उनीप्रति आशंका भएको बताएका हुन्।

सभामुखले औपचारिकताका लागि बोलाएको बैठकमा जानुको अर्थ नभएको भन्दै नेम्वाङले आफूहरूको आरोपलाई सभामुखले पुछ्नुपर्ने बताए। सभामुखबाट शंका निवारणका लागि कुनै प्रयास नभएको पनि उनले बताए। उनले भने, ‘हामीसँग भेदभाव गरियो। प्रमुख प्रतिपक्षलाई भेदभाव गरियो भन्ने भान परेको छ। त्यो शंका निवारणका लागि कुनै प्रयास भइरहेको छैन। सभामुखमाथि हाम्रो आशंका छ। सभामुखजीले ल आऊ बैठक भनेर औपचारिकता पूरा गर्दा हामी जानुको कुनै अर्थ छ ? हाम्रो यो आरोप छ। यो आरोपलाई तपाईंहरू पुछ्नुस्।’

नेम्वाङले सत्तापक्षको ढंग नपुगेका कारण संसदमा अहिलेको अवस्था आएको टिप्पणीसमेत गरेका छन्। प्रतिपक्षलाई राज्यको अभिन्न अंग मानेर अगाडि बढ्नुपर्ने उनले बताए।