मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संशोधित बजेटमा असन्तुष्ट फलामे छड व्यवसायी आन्दोलित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:५o:oo

सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको संशोधन बजेटमा भएको एक व्यवस्थाले फलामे छड उत्पादक व्यवसायी आन्दोलित भएका छन्। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी व्यवसायीहरूले सो व्यवस्थाले ठूला व्यवसायीलाई पोस्ने र सानालाई समस्यामा पर्ने भन्दै असहमति जनाएका छन्।

संशोधित बजेटमा एमएस बिलेट बनाउन प्रयोग हुने कच्चा पदार्थ (स्पन्ज आइरन)को आयातमा लाग्दै आएको ५ प्रतिशत अन्तःशुल्क शुन्यमा राख्दा निश्चित व्यावसायिक घरानालाई पोस्ने र अन्य उद्योगलाई समस्या पर्ने उनीहरूले बताएका छन्। सरकारले भने आफ्नो रोलिङ प्लान्टबाट एमएस बिलेट उत्पादन गरी फलामे छड बनाउने उद्योगलाई प्रोत्साहन गर्न मिल्ने नीतिगत व्यवस्था गर्दा व्यापार घाटा कम गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सहयोग पुग्ने बताएको छ।

सरकारले सहुलियत दिएको स्पन्ज आइरनबाट छड निर्माण गर्दा गुणस्तर कम हुने र जोखिम बढाउने व्यवसायीहरूले बताएका छन्। पत्रु पगालेर बनाएको छडले नेपालजस्तो भूकम्पीय जोखिम भएको देशमा दुर्घटना निम्तिने भन्दै सबै सचेत हुन पनि व्यवसायीले आग्रह गरेका छन्। सरकारको यो निर्णयले ६ वटा उद्योगलाई मात्र फाइदा पुग्ने र बाँकी २४ उद्योगमा नकारात्मक असर पर्ने भएकोले सरकारले गरेको निर्णय फिर्ता गर्न व्यवसायीहरूले माग गरेका छन्। सरकारले निर्णय फिर्ता नलिउन्जेल कारोबार रोकिने व्यवसायीहरूले बताएका छन्।