१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको उपनेतामा खनाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:o७:oo

नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको उपनेतामा कृष्णप्रसाद खनाल चयन भएका छन्। आइतबार बसेको दलको बैठकले प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा वसुन्धरा हुमागाईंलाई सर्वसम्मतिले चयन गरेको हो। दलको नेतामा यसअघि नै राजेन्द्र पाण्डे चयन भएका थिए।

दलको बैठकले प्रदेशमा गठबन्धन सरकार बनाउन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूसँग समन्वय गर्ने जिम्मा दलका नेता राजेन्द्र पाण्डेलाई दिएको छ। यस्तै, बैठकले अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकारले बहुमत गुमाएको भन्दै आर्थिक अनुशासन कायम गर्न प्रदेश सरकारलाई पत्राचार गर्ने निर्णय गरेको छ।