मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ २८ सोमबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २८ सोमबार १५:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देउवाले शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्न खोजेको पौडेलको आरोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २८ सोमबार १५:४८:oo

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरिरहेका आरोप लगाएका छन्। नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाको नाम नलिई पौडेलले यस्तो बताएका हुन्।

सभापति देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर सम्पन्न गरेका कतिपय वडा अधिवेशनहरू आफूहरूलाई मान्य नहुने उनले चेतावनी दिएका छन्। उनले आफू पक्षका नेता, कार्यकर्ताहरूलाई पाखा लगाउने काम पार्टी नेतृत्वले गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे।

‘वडा अधिवेशनहरू भयो भनेर नाटक रच्न खोजिएको छ। हामी यसलाई मान्दैनौँ । हामी त्यसको विरुद्धमा, यस्तो चुनाव हुनुहुँदैन, त्यसरी धाँधलीका प्रपञ्च रच्न, यसरी सत्ता र शक्तिको दुरुपयोग गर्न नेपाली कांग्रेसजस्तो पार्टीलाई सुहाउँदैन। नेपाली कांग्रेसजस्तो लोकतन्त्रको पाठशाला भएको पार्टीलाई आज यस किसिमले सत्ता र शक्तिको प्रयोग गरेर यसको चुनावलाई अपवित्र पार्ने काम, साथीहरूलाई पाखा लगाउने काम, जो भएको छ। हामी त्यसको विरोध गर्न चाहन्छौँ,’ पौडेलले भने।