मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका इस्लामावाद
२०७८ भदौ २८ सोमबार १३:१८:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पाकिस्तानमा वर्षापछिको बाढीपहिरोमा परी १२ जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, इस्लामावाद
२०७८ भदौ २८ सोमबार १३:१८:००

पाकिस्तानमा भीषण वर्षाका कारण कम्तीमा १२ जनाले ज्यान गुमाएका छन्। प्राप्त समाचारअनुसार पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पाक्थुन्क्वामा भीषण मात्रामा वर्षा भएको छ।

गत शनिबारदेखि निरन्तर पानी परिरहेको अधिकारीहरूले जनाएका छन्। वर्षापछि पहिरो गएको र त्यसमा केही घर पनि बगेका जनाइएको छ। उद्धारको काममा खटिएका यहाँका अधिकारीहरूले क्षतिको पूर्ण विवरण आउन नसकेको बताएका छन्।

एकै ठाउँमा निकै ठूलो वर्षा भएको र सो निरन्तर रहेपछि बाढी र पहिरो आएको बताइएको छ। कतिपय बगेका घरमा परेर मानिसको निधन भएको अनुमान गरिएको छ भने केही घाइते भएकालाई अस्पताल भर्ना गरिएको बताइएको छ। रासस