मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ भदौ २८ सोमबार
  • Wednesday, 02 September, 2026
एजेन्सी प्योङयाङ
२o७८ भदौ २८ सोमबार ११:३५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

उत्तर कोरियाद्वारा लामो दूरीको क्रुज मिसाइल परीक्षण

Read Time : < 1 मिनेट
एजेन्सी प्योङयाङ
नयाँ पत्रिका प्योङयाङ
२o७८ भदौ २८ सोमबार ११:३५:oo

उत्तर कोरियाले लामो दूरीमा प्रहार गर्न सक्ने नयाँ क्रुज मिसाइल परीक्षण गरेको छ। उक्त मिसाइल जापानका अधिकांश स्थानमा मार हान्न सक्ने क्षमताको रहेको उत्तर कोरियाली समाचार संस्था केसिएनएलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

उक्त क्षेप्यास्त्रले एक हजार पाँच सय किलोमिटरको दूरीसम्म प्रहार गर्न सक्ने बताइएको छ। उत्तर कोरियाले छिमेकी र अन्तर्राष्ट्रिय समुदायलाई खतरा पुग्ने गरी सैन्य कार्यक्रमलाई निरन्तरता दिइरहेको भन्दै अमेरिकाले परीक्षणप्रति आपत्ति जनाएको छ।

तर, उत्तर कोरियाले भने आफ्नो सुरक्षाको प्रत्याभूतिका लागि मिसाइल परीक्षण गरेको धारणा दोहोर्‍याउँदै आएको छ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियालाई ब्यालेस्टिक मिसाइल परीक्षणमा प्रतिबन्ध लगाएको छ। क्रुज मिसाइलको तुलनामा ब्यालेस्टिक मिसाइल बढी खतरनाक मानिन्छ।