मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २६ शनिबार १८:१४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय राजनीति दुई ध्रुवमा बाँडिएको भन्दै पोखरेल भन्छन्- गठबन्धनको ध्रुव अवसरवादी र अनैतिकहरूको झुन्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २६ शनिबार १८:१४:००

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेपालको राष्ट्रिय राजनीति दुईवटा ध्रुवमा विभाजित भएको बताएका छन् । शनिबार काठमाडौंमा नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा सम्बोधन गर्दै पोखरेलले राष्ट्रिय राजनीति केपी ओली र गठबन्धन गरी दुई ध्रुवमा विभाजित भएको बताएका हुन् ।

केपी ओली ध्रुव राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको पक्षमा रहेको भन्दै उनले गठबन्धनलाई अवसरवादी, सिद्धान्तहीन र अनैतिकहरूको झुन्ड भएको टिप्पणी गरे । 

'नेपालमा अहिले राष्ट्रिय राजनीति दुईवटा ध्रुवमा बाँडिएको छ । एउटा केपी शर्मा ओलीको छ, जुन आर्थिक विकास, जनताका दुःख र वेदना सुन्ने गर्छ, विकास र समृद्धिको कुरा गर्छ, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको कुरा गर्छ, सामाजिक सदभावको कुरा गर्छ । हामी  यो पोल, यो ध्रुवको नेतृत्व गर्ने केपी ओली हुनुहुन्छ । अर्को ध्रुव गठबन्धनको छ, जहाँ अवसरवादीहरू, सिद्धान्तहीनहरू, अनैतिकहरूको झुन्ड छ । त्यो झुन्डले नेतृत्व गरेको अर्को पोल छ । यी दुईवटा ध्रुवमध्ये हामीले रोज्ने ध्रुव भनेको केपी ओलीले नेतृत्व गरेको ध्रुव हो,’ पोखरेलले भने ।