मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ २५ शुक्रबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २५ शुक्रबार १३:५६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपालले पपुवान्युगिनीविरुद्ध आज दोस्रो खेल खेल्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २५ शुक्रबार १३:५६:oo

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शुक्रबार पपुवान्युगिनीविरुद्ध दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै छ। खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा अपराह्न सवा चार बजे सुरु हुनेछ। नेपालले पपुवान्युगिनीसँग पहिलो पटक डे–नाइट (दिन–रात) एकदिवसीय खेल खेल्न लागेको हो। 
    
बुधबार नेपालले पहिलो खेलमा पपुवान्युगिनीलाई २ विकेटले पराजित गरेको थियो। आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नुअघि नेपालले पपुवान्युगिनीसँग दुई एकदिवसीय खेल खेलिरहेको छ।

लिग– २ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पहिलो खेल अमेरिकासँग यही भदौ २८ गते खेल्नेछ। दोस्रो खेल ओमानसँग भदौ २९ गते खेल्ने तय भएको छ। यस्तै, नेपालले तेस्रो खेल अमेरिकासँग आगामी असोज १ गते तथा अन्तिम खेल ओमानसँग असोज ३ गते खेल्नेछ।