१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ भदौ २५ शुक्रबार ०८:३८:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

स्वास्थ्य आपतकाल सुरक्षा प्रणालीलाई थप सबलीकरण गर्न एघार राष्ट्र तयार

Read Time : < 1 मिनेट
२०७८ भदौ २५ शुक्रबार ०८:३८:००

 विश्व स्वास्थ्य संगठन र दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रहरू कोभिड–१९ महामारीको प्रभावकारी रूपमा प्रतिकार्य गर्न तयार भएका छन् ।

विश्व स्वास्थ्य संगठन र दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रहरूको चार दिनदेखि काठमाडौंमा जारी बैठकमा ११ राष्ट्रहरू भविष्यमा आउन सक्ने स्वास्थ्य आपतकाल सुरक्षा प्रणालीलाई थप सबलीकरण गर्न एकमत भएका हुन् । ‘कोभिड–१९ महामारीले अभूतपूर्व चुनौतीहरू ल्याएको छ ।

विश्वको कुनै पनि देश यस स्तरको आपत्कालको सामना गर्न पर्याप्त मात्रामा तयार थिएन । स्वास्थ्य सुरक्षा प्रणाली सबलीकरण गर्ने हाम्रा प्रयत्नमा हाल जारी महामारीबाट सिकेका पाठहरूको उपयोग गर्नु अत्यन्त महत्वपूर्ण छ,’ डब्लुएचओ दक्षिणपूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले भनिन् ।