१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका संखुवासभा
२o८१ जेठ ५ शनिबार o७:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

संखुवासभा सामूहिक हत्या प्रकरण : सिआइबीको टोली घटनास्थलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, संखुवासभा
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o७:३४:oo

 मादी नगरपालिका–१ उम्लिङको खोलागाउँमा मारिएका ६ जनाको हत्या अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली घटनास्थल आइपुगेको छ । डिएसपी रुगमबहादुर कुँवर नेतृत्वको सिआइबी टोली घटनास्थल आइपुगेको हो । टोलीले बुधबार बिहानैदेखि अनुसन्धान थालेको छ ।

एकाघरका ६ जनाको सामूहिक हत्या भएको तीन दिनसम्म पनि प्रहरीले केही तथ्य फेला पार्न सकेको छैन । जिल्लाका सुरक्षाकर्मी र संघीय एकाइ प्रहरी कार्यालय धरानका एसपी भीम दाहाल नेतृत्वको विज्ञटोलीसहित तालिम प्राप्त कुकुरले कुनै सुराक पत्ता लगाउन नसकेपछि फर्किएको छ । मृतक सबैको पोस्टमार्टमपछि सुनसरीको बुढीखोलामा अन्तिम दाहसंस्कार गरिएको छ ।

पोस्टमार्टमको रिपोर्ट भने आएको छैन । बुधबार अपराह्न ५ बजेतिर अन्त्येष्टि गरिएको मादी नगरपालिका–१ का वडाध्यक्ष खेमनाथ कटुवालले जानकारी दिए । मंगलबार ६ जनाकै शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । पोस्टमार्टमपछि आफन्तलाई अन्त्येष्टि गर्न अस्पतालले शव दिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी शुभेश अधिकारीले जानकारी दिए ।

 मृतक तेजबहादुरका कान्छा छोरा नरेश कार्की मंगलबार राति धरान आइपुगेका थिए । खोलागाउँमा पार्वती कार्की, तेजबहादुर कार्की, कमला कार्की, रञ्जना कार्की, दीपेन कार्की र गोमा कार्कीको हत्या भएको थियो ।
 

ad
ad