१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १५:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमती प्रदेश सरकार विस्तार, ६ मन्त्री र चार राज्यमन्त्री थपिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:४६:oo

अल्पमतमा रहेको बागमती प्रदेश सरकारको मन्त्रिमण्डल विस्तार भएको छ। मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार ६ मन्त्री र चारजना राज्यमन्त्री नियुक्त गरेकी हुन्। 

नवगठित मन्त्रिपरिषदमा केशवराज पाण्डे भौतिक पूर्वाधार, विजय सुवेदी सामाजिक विकास, रचना खड्का आर्थिक मामिला तथा योजना, शान्तिप्रसाद पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण, प्रदीपकुमार कटुवाल क्षेत्री स्वास्थ्य, चन्द्र लामा भूमि व्यवस्था कृषि तथा सहकारी र डा. अजयक्रान्ति शाक्य आन्तरिक मामिला तथा योजना मन्त्रीको रूपमा नियुक्त भएका छन्।
जीवन खड्का भौतिक पूर्वाधार विकास, बद्री मैनाली भूमि व्यवस्था कृषि तथा सहकारी, सरस्वती बाटी उद्योग, पर्यटन तथा वातावरण र जुनेली श्रेष्ठ सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त भएका छन्। बागमती प्रदेशमा स्वास्थ्य मन्त्रालय थप गरिएको हो।