मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ २३ बुधबार
  • Sunday, 13 July, 2025
२o७८ भदौ २३ बुधबार १४:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विष्णु पौडेलको माधव नेपाललाई चुनौती : वडामा जमानत जोगाएर देखाउनुस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ २३ बुधबार १४:५२:oo

नेकपा एमालेका उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले माधवकुमार नेपालको पार्टीलाई अब आउने निर्वाचनको वडा सदस्यमा जमानत जोगाएर देखाउन चुनौती दिएका छन्। 

प्रेस चौतारी नेपाल रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले एमाले अहिले विभाजित नभई सर्पजस्तै काँचुली फेरेको बताएका छन्। ‘नेकपा एमाले विभाजन हुन्छ भनेर नसोचे हुन्छ, एमाले विभाजन नभई सर्पले काँचुली फेरेको हो, यसले एमालेलाई कुनै असर पर्दैन,’ पौडेलले भने। शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्र यादवले सधैँभरि माधवकुमारलाई बोकेर नहिँड्ने बताउँदै एक्लै निर्वाचनमा जान चुनौती दिए।

सरकारले कामअनुसार कानुन बनायो 
वर्तमान सरकार कानुन कार्यान्वयनमा भन्दा पनि एमालेलाई कसरी फुटाउने भन्नेमा लागेको उनले बताए। देउवा सरकारले कानुनअनुसार काम गर्नेभन्दा पनि कामअनुसार कानुन बनाएको पौडेलले आरोप लगाए । कानुनमा ४० प्रतिशतले पार्टी फुटाउन सक्ने रहेको अवस्थामा उनले पार्टीमा कति संख्या छ ? कतिले पार्टी फुटाउन सक्छ ? त्यो हेरेर मात्र २० प्रतिशतको अध्यादेश ल्याएको बताए। देउवा सरकारले २० प्रतिशतमा पार्टी फुटाउन ल्याएको अध्यादेशलाई कानुनी मान्यता दिन चुनौती दिए। 

संसदमा टेबल भएपछि एमसिसीबारे एमालेले निर्णय लिने
नेता पौडेलले एमसिसी संसदमा टेबल भएपछि एमालेले तत्काल निर्णय लिने बताए। ‘राष्ट्रको हितमा एमाले सधैँ अगाडि छ र राष्ट्रको हितलाई केन्द्रमा राखेर तत्काल निर्णय गर्छ,’ उनले भने । अहिले नै एमसिसीको विषयमा बोल्न सान्दर्भिक नभएको उनको भनाइ छ।