१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार o७:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

दार्चुला घटनाबारे सरकारले आज संसद्लाई जानकारी दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o७:५२:oo

सरकारले दार्चुला घटनाबारे भएको छानबिन र भारतलाई पठाइएको कूटनीतिक नोटबारे बुधबार संसद्लाई जानकारी दिने भएको छ । सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिन लागेका हुन् । सरकारी स्रोतका अनुसार भारत सरकारलाई नेपालले दार्चुला घटना र गैरसैनिक भारतीय हेलिकोप्टर नेपाली भूमिमा आएको विषयमा गरेको पत्राचारका बारेमा जानकारी दिनेछन् । 

परराष्ट्र मन्त्रालयले तुइनबाट नेपाली नागरिक जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनामा एसएसबीका जवानको उपस्थिति र संलग्नता दुवै भएको उल्लेख गर्दै भारतलाई कूटनीतिक नोट पठाएको छ । गृह मन्त्रालयले १५ भदौमा प्रतिवेदन गृहमन्त्री खाँणलाई बुझाउँदा जारी गरेको विज्ञप्तिमा दार्चुला घटनामा एसएसबीका जवानको उपस्थिति रहेको उल्लेख थियो । तर, गृह मन्त्रालयले परराष्ट्रलाई १६ भदौमा पठाएको प्रतिवेदनको निष्कर्ष र परराष्ट्रले सोमबार भारत सरकारलाई पठाएको कूटनीतिक नोटमा एसएसबी संलग्न भएको जनाएको छ ।

‘प्रत्यक्षदर्शीको भनाइ एवं घटनाको वस्तुस्थिति विश्लेषण गर्दा भारतीय सीमा सुरक्षाबल (एसएसबी) का जवानहरूको उपस्थिति र संलग्नतामा घटना भएको देखिएकाले निजहरूको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषीउपर कानुनी कारबाही गर्न कूटनीतिक माध्यमबाट पहल गर्नुपर्ने र बेपत्ता भएका जयसिंह धामीको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन भारत सरकारसँग कूटनीतिक माध्यमबाट माग र समन्वय गर्नुपर्ने’ गृह मन्त्रालयले परराष्ट्रलाई १६ भदौमा लेखेको पत्रमा उल्लेख छ । परराष्ट्रले कूटनीतिक भाषामा यही व्यहोराको नोट भारत सरकारलाई पठाएको छ । 

 

ad
ad