मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ २२ मंगलबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २२ मंगलबार १५:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भ्रष्टाचारको आरोपमा बैंकका कर्मचारीसहित तीनजनाविरुद्ध मुद्दा दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २२ मंगलबार १५:१o:oo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा तीनजनाविरुद्ध मुद्दा दर्ता गरेको छ। नेपाल बैंक लिमिटेडले मलंगवा शाखाको ऋण फाँटमा सहायक पदमा कार्यरत सन्तोषविक्रम शाह तथा लोकवीर बेताली/पाँचकुमारी जे.भी.का अनिल गुप्ता र शिवनन्दन पासवानविरुद्ध आयोगले आरोपपत्र दायर गरेको हो।

उनीहरूविरुद्ध लालबन्दी नगरपालिकाको भवन बनाउन ठेक्का दिँदा ठेकेदारलाई नक्कली बैंक ग्यारेन्टीको आधारमा भुक्तानी गरेको उजुरी परेको थियो। नक्कली अग्रिम भुक्तानी जमानत बनाई ४२ लाख रुपैयाँ भुक्तानी लिई सरकारी रकम हिनामिना गरेको पुष्टि भएपछि मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।

रिसालका अनुसार निजहरूउपर ४२ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) अनुसार सजाय र बिगो जफतसमेत हुन मागदाबी गरिएको छ।