१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको मुद्दा दोस्रोपटक पनि हेर्न नभ्याइनेमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:२o:oo

सर्वोच्च अदालतले नेपाली कांग्रेसको १४औँ महाधिवेशन रोक्न माग गरिएको रिट हेर्न नभ्याइनेमा राखेको छ। सोमबार न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासमा सुनुवाइ तोकिएको थियो।

बागमती प्रदेशको प्रदेश सभा सदस्य नेपाली कांग्रेस महासमिति सदस्य नरोत्तम वैद्यले कोरोना महामारी नियन्त्रण नभएसम्म महाधिवेशन रोक्न माग गर्दै भदौ १८ मा सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।

रिटमा महामारीका समयमा महाधिवेशन गर्दा कोरोना फैलने भएकाले कोरोना नियन्त्रण भएपछि मात्र महाधिवेशन गर्ने गरी आदेश माग गरिएको छ। कांग्रेस महाधिवेशन कार्यतालिकाअनुसार भदौ १८ बाट वडा तहको अधिवेशन सुरु भइसकेको छ। मुद्दामाथि आइतबार पहिलो पेसी तोकिएकोमा सुनुवाइ हुन नसकेपछि हेर्न नभ्याइनेमा राखिएको थियो।